एकीकृत माओवादीका जातीय क्षेत्रीय मोर्चा संघर्षमा

210
  •  
  •  
  •  

काठमाडौं २१ भदौ (ओएनएस) : प्रमुखदलहरु संघियताको विवाद मिलाउने छलफलमा रहेका बेला एकीकृत नेकपा (माओवादी)का विभिन्न जातीय तथा क्षेत्रीय संगठनले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पहिचानसहितको संघीयता र अधिकारसहितको संघीय संविधानका लागि दबाव दिन भन्दै आन्दोलनको घोषणा गरेका  हुन् । संविधान निर्माणको कार्यतालिकासँग मिल्नेगरि भदौ देखि संविधान जारी हुने कार्यतालिका माघसम्म आन्दोलन गर्ने कार्यक्रम बनाइएको छ ।

एकीकृत माओवादीको पार्टी कार्यालय, कोटेश्वरमा संयुक्त पत्रकार सम्मेलन गरि प्रतिरोध जुलुश, प्रतिरोध सभा, विभिन्न तहको बन्द हड्ताल गर्नेसम्मको आन्दोलनको घोषणा गरेको हो । एकीकृत माओवादीको जातीय तथा क्षेत्रीय संगठनको संयुक्त मोर्चा संयुक्त राष्ट्रिय मोर्चाका महासचिव गोपाल किराँतीले राम्रो संविधान आए समर्थन गर्ने र पहिचान विरोधी संविधान आए अस्वीकार गर्ने गरि संघर्षको योजना बनाएको बताए ।

मोर्चाले भदौदेखि माघसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । एकीकृत माओवादीका स्थायी समिति सदस्य समेत रहेका मोर्चा महासचिव किराँतीले भने,‘ हाम्रो दबाव जनपक्षीय संविधान जारी गर्नका लागि हो, पहिचान विरोधी संविधान आयो भने हामी स्वीकार गर्दैनौं । ’

पृथ्वी नारायण शाहको जन्मदिन प्रर्दशन

एकीकृत माओवादी निकटका जातीय तथा क्षेत्रीय मोर्चाले पृथ्वीनारायण शाहको जन्मदिन पारेर नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन गर्ने भएको छ । पृथ्वीनारायण शाहकै जन्मदिन किन रोजेको ? भन्ने प्रश्नमा नेता किराँतीले भने,‘ तत्कालिन आवश्यकता अनुसार पृथ्वीनारायण शाहले गरेको एकीकरण पनि ठिक थियो, त्यो कसै न कसैले गर्नु पथ्र्यो नै तर  त्यसले सामन्तवादी केन्द्रिकृत राज्य सत्ता स्थापना ग¥यो तर सबै समान हुने, र उत्पिडनबाट मुक्त हुने मुक्त भएको राज्यको पक्षका लागि हाम्रो प्रर्दशन हो ।’


  •  
  •  
  •