नेकपा माओवादीमा ‘जनविद्रोह’ को प्रक्रियामा विवाद

272
  •  
  •  
  •  

काठमाडौं २० असार (ओएनएस) : बैठक नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले प्रस्तुत गरेकोे फरक प्रस्तावमाथि छलफल हुनेछ । हिजोदेखि केन्द्रीय सदस्यहरूले भनाई राख्न सुरु गरेको आज पनि जारी रहने सचिव देवप्रसाद गुरुङले जानकाी दिए । अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गरेका छन् भने त्यसमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेका छन् ।
गुरुङले दुवै प्रस्तावलाई सहयोगी प्रस्तावको रुपमा लैजाने बताए । हिजो पदाधिकारी र पोलिटब्युरो तहका नेताहरुले भनाई राखेको र आज बँकीले भनाई राख्नेछन् ।


  •  
  •  
  •