एमाओवादी विवाद समाधान गर्न छलफलमा

237
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) : पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न एकीकृत नेकपा माओवादीले आज पनि छलफलमा जुट्दैछ । मंगलबार विवाद व्यवस्थापन समितिमा सहमति हुन नसकेपछि आज स्थायी समितिको बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बस्ने बैठकमा पार्टीको नीति, विचार र कार्यदिशाका विषयमा छलफल हुनेछ । पार्टी शीर्ष तहमा विवादको विषयमा वार्ता र छलफल भए पनि विभिन्न जिल्ला कमिटीहरूमा समानान्तर कमिटी घोषणा भएपछि विवाद उत्कर्षमा पुगेको हो। त्यसलाई कम गर्न आजको स्थायी समितिले पहल गर्नेछ ।

विराटनगर राष्ट्रिय सम्मेलनबाट चर्किएको विवादका कारणले पार्टीभित्र समानान्तर जिल्ला कमिटीहरू घोषणाको स्थितिसम्म आइपुगेको छ। हिजोको बैठकमा पार्टीको नीति, विचार र कार्यदिशामा नेताहरू एकमत भए पनि सांगठनिक विषयमा भने दुवै पक्षले आ–आफ्नो अडान राराखेको थियो । आज मध्यमार्गको बाटो खोजिने अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

लेखा समितिको सभापति छानिने

बैठकमा संसदको सार्वजनिक लेखा समितिको सभापतिमा पार्टीबाट पठाउने व्यक्तिको विषयमा टुङगो लगाइनेछ । हरीबोल गजुरेल र टोपबहादुर रायमाझिको नाम छलफलमा आएको छ ।

दाहाल–भट्टराई सहयात्रा संविधान जारी नहुँदासम्म

भट्टराईको नयाँ पार्टी गैर–कम्युनिष्ट हुने


  •  
  •  
  •