एमाओवादीमा नागरिकमुखी कार्यक्रम बनाउन दवाव

124
  •  
  •  
  •  

काठमाडौं २६ मंसिर (ओएनएस) : एकीकृत माओवादी केन्द्रीय समितिको बैठक जारी रहेको छ । जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठिन प्रस्तावमा छलफल भइरहेको । त्यस प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव पनि दर्ता भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको बैठकमा केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र नेता विकेश श्रेष्ठले पूरक प्रस्ताव दर्ता गराएका हुन् ।
पार्टीको साङ्गठनिक आधार भत्किएको, जनताबाट कटेको, जनतामा जानेभन्दा आफ्नै तालमा हिँड्ने गरेको भन्दै उहाँहरुले पूरक प्रस्ताव दर्ता गराएका बुझिएको छ ।
हिजो १२ जना केन्द्रीय सदस्यले धारणा राखेको जानकारी दिँदै प्रवक्ता दिनानाथ शर्माले उनीहरुले पूरक प्रस्ताव दर्ता गरेको नभई लिखित रुपमा आफ्ना धारणा राख्नुभएको जानकारी दिए । आज बाँकी सदस्यहरुले बोल्ने शर्माले बताए । बैठक ११ बजे बस्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।


  •  
  •  
  •