एमाओवादी केन्द्रीय समिति भंग गने तयारी

226
  •  
  •  
  •  

काठमाडौं १३ पुस (ओएनएस) : एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । गएको आइतबार हुने भनिएको केन्द्रीय समितिको बैठक आजका लागि सारिएको थियामे । वैठकमा संविधान निर्माण देखि पार्टीको आन्तरिक मुद्दाका विषयमा छलफल हुने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । उनका अनुसार विशेष महाविधेशन बोलाउने नेताहरुबीच यसअघिनै समझदारी भए पनि संविधान निर्माणको काम भएको भन्दै तिथि तय हुन सकेको छैन । आज त्यसमा पनि छलफल हुनेछ । भट्टराई पक्षले वर्तमान केन्द्रीय समितिलाई विशेष महाविधेशन आयोजक समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । दुबै नेता संविधाधन निर्माणमा केन्द्रित हुने भन्दै विशेष महाधिवेशनको मुद्दा स्थगित गरेका छन् ।

केन्द्रीय समिति लामो समयदेखि बैठक हुन सकेको छैन । केन्द्रीय समिति बैठक स्थगित भएपछि आन्तरिक काम प्रभावित हुदै आएका थिए । एकीकृत नेकपा माओवादीभित्रको वैचारिक र सांगठनिक विवाद हल गर्नका लागि विराटनगर सम्मेलनबाट चुनिएको केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाइने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच भएको ‘भद्र सहमति’ अनुसार केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गर्ने र वैचारिक बहसलाई वर्ष दिनभित्रै महाधिवेशनबाट टुंग्याउने निष्कर्षका साथ सो प्रस्तावको तयारी गरिएको हो।

वैशाखमा सम्पन्न विराटनगर सम्मेलनबाट चुनिएका केन्द्रीय सदस्य, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई भट्टराई पक्षधरले भने अस्वस्कार गर्दै आएको छ। जसका कारण पार्टी कुनै पदमा पनि बस्न अस्वीकार गरेका भट्टराईसहितका उनी पक्षधर नेता औपचारिक रुपमा ‘केन्द्रीय सदस्य’ को हैसियतमा मात्रै सीमित छन्।

एमाओवादी स्रोतका अनुसार दुई दशक बढी लामो समय नेतृत्व गरेका दाहाल महाधिवेशन सँगसँगै ‘नेतृत्व हस्तान्तरण’ गर्न पछिल्लो समय मञ्जुर भएका छन्। जसका कारण, पार्टीभित्र डेढ दर्जन बढी जिल्लामा समानान्तर समिति गठन गरेको भट्टराई पक्ष त्यसलाई विघटन गर्न मञ्जुरसमेत भएको छ।


  •  
  •  
  •