माओवादी विस्तारित बैठकमा दुईवटा दस्तावेज माथि छलफल

132
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर (ओएनएस) : नेकपा माओवादीको विस्तारित बैठकमा आजदेखि राजनीतिक दस्तावेजमाथि छलफल हुने भएको छ । विभाजनको संघारमा पुगेको नेकपा–माओवादीको विस्तारित बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । बैठकमा अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा फरक–फरक प्रस्ताव गरेका छन् ।

चन्दले कार्यदिशा टुंग्याउन मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । तर, अध्यक्ष वैद्यले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले तत्काल महाधिवेशन गर्न सम्भव नहुने बताएका छन् । तत्काल महाधिवेशनमा नगए आफ्नै नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी चन्दको छ ।

हिजो प्रतिवेदन प्रस्तुत कर्ताले धारणा राखेको र पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने प्रवक्ता पम्फा भूषालले जानकारी दिइन ।
बैठक बिहान ११ बजे ललितपुरको कुपण्डोलमा शुरु हुनेछ ।


  •  
  •  
  •  

Comments are closed.