विप्लव माओवादीको बैठक सामुदायिक वन

101
  •  
  •  
  •  

काठमाडौं १६ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको केन्द्रिय कमिटी बैठक धरानको हरियाली सामुदायीक वनको कार्यालयमा सुरु भएको छ ।
सरकारविरुद्ध कडा आन्दोलनको तयारीस्वरुप बैठक सुरु भएको हो । बैठकस्थलमा इलाका प्रहरी कार्यालय धरानले प्रहरी परिचालन गरेको छ ।
शनिबार सुरु माओवादीको गोप्य बैठकबारे प्रहरीले आइतबारमात्र सूचना पाएको थियो । बैठकको जानकारी पाउनासाथ परिचालित प्रहरीलाई माओवादी कार्यकर्ताहरुले बैठकस्थलभित्र पस्न दिएका छैनन् ।

सरकार विरोधी कार्यक्रम र पार्टीको भावी रणनीतिबारे बैठक छलफल भइरहेको बुझिएको छ । सो पार्टीका सुनसरीस्थित नेता जसकुमार राईले बैठक शनिवारदेखि सुरु भएको पुष्टि गरेका छन् ।

उनले बैठक सोमबार सम्पन्न हुनेपनि जानकारी दिए । बैठकस्थलमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

माओवादीका केन्द्रिय सदस्य गुणराज लोहनीले पार्टीको कोचिला राज्य समितिको प्रशिक्षण कार्यक्रम भएको गलत सूचना दिए । उनले पार्टीको आन्तरिक कार्यक्रम भन्दै केहि कुरा खुलाउन चाहेनन् ।

बैठकमा पार्टीका ५८ केन्द्रिय सदस्य र ७५ जिल्लाका जिल्ला सेक्रेटरीहरुको उपस्थििति छ । बैठकमा सबै माओवादीवीच एकिकरणको चर्चा बारे छलफल भैरहेको बताइएको छ ।

बैठकमा सहभागी अधिकांश सदस्यहरुले सरकारविरुद्ध कडा आन्दोलन गर्नुपर्ने धारणा राखेपछि प्रहरीले बैठक स्थलमा घेराबन्दी गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले विप्लव माओवादीको केन्द्रिय समितिको बैठक बनमा बसिरहेकाले बैठकस्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •