कहाँ गए एमाओवादीका अढाई लाख मजदुर

37
  •  
  •  
  •  

काठमाडौं २४ भदौ । कुनै समय करिब ३ लाख हाराहारी मजदुर सदस्य रहेको एमाओवादीनिकट मजदुर संगठनमा अहिले सदस्य संख्या स्वाट्टै घटेको छ छैटौं महाधिवेशन तयारी गरिरहेको अखिल नेपाल ट्रेड युनियन महासंघमा ४० हजार मजदुरले मात्र सदस्यता नवीकरण गराएको विवरण केन्द्रीय कार्यालयमा आइपुगेको छ। भदौ २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागिएको महाधिवेशन तयारीका क्रममा सदस्यता नवीकरण गरिएको हो।

केही नवीकरण भएका सदस्यताको विवरण भने संकलन हुने क्रम जारी रहेको संगठनले जनाएको छ।सशस्त्र द्वन्द्व समाप्त गरेर शान्ति प्रक्रियामा आएपछि तलब बढाउन तथा अन्य सुविधा दिलाउन माओवादी मजदुर संगठनले खेलेको भूमिकाका कारण मजदुरको आकर्षण बढेको थियो। तर, मजदुरको आकर्षण सात वर्षको अन्तरालमा अप्रत्याशित रूपमा घटेको छ।

महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले अहिलेसम्म ४० हजार मजदुरले सदस्यता नवीकरण गरेको जानकारी दिँदै केही केही स्थानबाट विवरण आउन बाँकी रहेको बताए। ‘संगठन चुस्त–दुरुस्त बनाउनका लागि सदस्यता नवीकरणमा कडाइ गरिएकाले संख्या कम देखिएको हो,’ उनले भने, ‘संगठनमा आकर्षण भने घटेको छैन।’नागरिकबाट


  •  
  •  
  •