माओवादी नेता नेत्रबिक्रम चन्दका छोरा र भतिजी बिष सेवनका कारण गम्भिर बिरामी

103
  •  
  •  
  •  

काठमाडौं, ७ भदौं (ओएनएस)  नेकपा माओवादीका सचिव नेत्रबिक्रम चन्द ‘बिप्लबका’ छोरा १७ बर्षका नक्षेत्र चन्द र भतिजी १६ बर्षिय मञ्जु चन्द बिषाक्त बस्तुको सेवन पछि गम्भिर बिरामी भएका छन् । उनीहरुको चावहिल स्थिति ओम अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ ।  चन्द बस्दै आएको चावहिल मैजुबहाल स्थित घरको चौथो तल्ला उनीहरु बेहोस अवस्थामा भेटिए पछि मन्जुकी दिदी सर्वत्रा चन्दले ट्याक्सीमा राखेर ओम अस्पताल पुर्याएकी थिईन् । अचेत अवस्थामा शनिवार साँझ अस्पताल पुर्याइएका दुवै जनाको राती १० बजे होस खुलेको छ ।

अस्पताल स्रोतका अनुसार उनीहरुलाई गराइएको बान्तामा मेटासिटको गन्ध आएको छ । यसले मेटासिट प्रयोग गरेको हुनसक्ने अनुमान अस्पतालले गरेको छ ।  तर बिष को प्रकार र मात्राको बारेमा भने ल्याब परिक्षण पछि मात्र आधिकारिक रुपमा भन्न सकिने अस्पतालले जनाएको छ । पारिवारले भने अज्ञान ब्यक्ति आएर जवरजस्त रुपमा बिषाक्त बस्तु मिसिएको खानेकुरा खुवाएको दावि गरेको छ । तर यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सचिव चन्द काठमाण्डौँ बाहिर रहेको बताइएको छ । शनिवार साँझै माओवादी महासचिव रामवहादुर थापा अस्पताल पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।


  •  
  •  
  •