बिहे नै नगरी कमरेडको बच्चो !

362
  •  
  •  
  •  

काठमाडौं ९ पुस ।

संघर्ष र सामुहिकताको बाटो छाडेपछि निजी जीवनका इच्छा,आकांक्षालाई समेत मन मारेर दबाइराख्नुपर्छ भन्ने छैन । प्रेममा परेपछि भएका घरबार तोडिएका र नभएको सम्बन्ध जोडिएका अनेकौं उदाहरण छन् । त्यस्तै एउटी कामरेडी प्रेम–सम्बन्धको कहानी हो यो । जसले विना बैधानिक विवाह २ साताअघि एउटा बच्चालाई जन्म दिएकी छन् । तर,त्यो बालकको आमा एकल महिला हुन् । जसका श्रीमान् निश्चल नकर्मी माओवादी सहरी विद्रोहका छापामार अर्थात् स्पेशल टास्क फोर्स कमान्डर थिए ।

भैरवनाथ गणबाट वेपत्ता बनाइएका ४७ भाइमध्येमा पर्छन् । ०६० साल मंसिर १७ गते साँझ सवा ५ बजे तत्कालीन अख्तियार प्रमुख सुर्यनाथ उपाध्यायको डिल्लीबजारस्थित घरछेउबाट पक्राउ परेलगत्तै कुनै अत्तोपत्तो छैन । उनीतर्फबाट १३ वर्षका एक छोरा छन् ।
पत्नी हुन्,रश्मि नामले चिनिने कमला साम्सोहाङ ।

पछिल्लो संविधानसभा निर्वाचनमा उनलाई काठमाडौंको क्षेत्र नं. ९ बाट उठाउन लागिएको थियो तर गुटको भागबन्डा मिलाएर देबेन्द्र पौडेललाई त्यो ठाउँ छाड्नुपर्दा नाम काटिनेमा परिन् । त्यही बेलादेखि गोर्खाली कमरेड निर्मल ज्ञवालीलाई च्यापेर पार्टी सम्पर्कबाट बाहिरिएकी हुन् । निर्मलकी पत्नी दुर्गा अधिकारी गोरखाकै एउटा स्कुलमा शिक्षिका छिन् ।
उनीहरुको औपचारिक सम्बन्ध टुटेको पार्टीलाई जानकारी नै छैन तर पार्टी सदस्यता नविकरण नै नगरी यिनी केही समयदेखि सल्लाघारीस्थित दिदीको घरमा रश्मिसँगै बस्दै आएका छन् ।
जनआस्था साप्ताहिकबाट


  •  
  •  
  •