एमाओवादी नेता वोगटीलाई हदृयघात

487
  •  
  •  
  •  

Post-Bahadur-Bogati_20120215093406काठमाडौं २७ भदौ (ओएनएस) : एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीलाई हृदयघाट भएको छ । बिहीबार साँझ हृदयघात भएपछि उनलाई उपचारका लागि बाँसबारिस्थित सहिद गंगालाल अस्पतालको आइसीयुमा भर्ना गरिएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । बिहीबार  राती घरमा बसिरहेको बेला अचानक मुटु दुःखेपछि अस्पताल लगिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

अस्पतालमा चिकित्सकले हृदयघात भएको बताएका थिए । बिहानै एमाओवादी नेता तथा कार्यकर्ता अस्पतालमा पुगिसकेका छन् । बोगटीको अवस्था बुझ्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी, महासचिव कृष्णबहादुर महरालगायत नेता कार्यकर्ता अस्पतालमा पुगेका छन् ।

अध्यक्ष दाहालले चिकित्सकसँग उनको अवस्थाका बारेमा जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।


  •  
  •  
  •