विवाद समाधान गर्न एमाओवादी नेताहरु छलफल गर्दै

229
  •  
  •  
  •  

काठमाडौं २५ साउन (ओएनएस) :
पार्टीभित्रको विवाद मिलाउन एकीकत नेकपा माओवादीबीच आज पनि छलफल हुने भएको छ । हिजो भएका छुट्टा-छुट्टै छलफलले निस्कर्ष ननिस्किएपछि नेताहरुपनि आज छलफल हुन लागेको हो । एमाओवादी नेता बाबुराम भट्टराईको निवास सानेपामा अहिले बिहान हुने छलफलमा सस्थापनले पक्षले गरेको कारवाही प्रक्रिया र भट्टराईपक्षले राखेका मागका विषयमा छलफल हुनेछ । हिजाको छलफलमा अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक समस्या समाधान गर्दै अघि बढ्न तयार रहेको जनाउँदै उनले रूपान्तरणका लागि आफू राजी रहेको बताएका छन् । दाहालसँगको भेटमा नेता भट्टराईले पार्टीलाई नयाँ शक्तिका रूपमा अघि बढाउन मिलेर जानुपर्ने बताएका थिए। त्यसका लागि आफू सकारात्मक रहेको बताउँदै भट्टराईले संविधान निर्माणमा केन्द्रीत हुन दाहाललाई प्रस्ताव गरेका छन्। आजको छलफलबाट सारात्मक मोड लिने अपेक्षा गरेको नेताहरुले बताएका छन् ।


  •  
  •  
  •