काठमाडौं ५ भदौ (ओएनएस) :
स्थगित भएको विवाद नयाँ उत्कर्षमा देखिएपछि एमाओवादीले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकमा पार्टीभित्रको पिववाद अन्त्य गर्ते र पार्टीबाट अलग हुने भन्नेमा छलफल हुनेछ । स्रोतका अनुसार आज अध्यक्ष दाहाल भट्टराईसँग पार्टी एकता र विवादका विषयमा छिनोफानो गर्ने मनस्थितिमा छन् । उनले अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाएका छन् । बैठकमा अनिवार्य आउन भट्टराई पक्ष्इाका लाई पनि भनिएको उनलको सचिवालयले जानकारी दियो । पार्टीमा सस्थापन पक्ष र डा बाबुराम भट्टराई पक्षबीच पार्टी एकीकरण गरेर लैजाने सहमति भएपनि भट्टराई पक्षले सहमति पालना नगरेको प्रचण्ड आक्रोसित छन् । पदाधिकारी बैठकअघि उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छुट्टै छलफल हुनेछ । भट्टराई पक्षले हिजो मात्रै काठमाण्डूमा समानान्तर कमिटि गठन गरेको छ ।
शर्माले श्रेष्ठसँग स्पष्टिकरण लिने
काठमाडौमा समानान्तर समिति बनाएको भन्दै एमाओवादी सस्थापन पक्षले भट्टराईपक्षसँग स्कपष्टिकरण लिने बताएको छ । यसअघिका अध्यक्ष हिमाल शर्माले हिजो भट्टराई पक्षबाट अध्यक्ष बनाइएका महेन्द्र श्रेष्ठसँग् स्पष्टिकरण लिनेछन् । श्रेष्ठको अध्यक्षतामा हिजो ५७ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो । शर्माले आज दिउँसो ४ बजेसम्म आफैं उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिएको जानकारी दिए । शर्माले श्रेष्ठ नेतृत्वको कमिटी घोषणालाई हास्यास्पद, गैरराजनीतिक र अराजक भएको सस्थापन पक्षको ठहर गरेका बताए ।