माओवादीका दुई पोलिटब्यूरो सदस्य गिरफ्तार

124
  •  
  •  
  •  

काठमाडौं ७ चैत ।
प्रहरीले काठमाडौंको महाराजगजंबाट नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको माओवादीका दुई पोलिटब्यूरो सदस्यलाई गिरफ्तार गरेको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको पिडिए राष्ट्रको हित विपरित भएको भन्दै लगानी बोर्डका अध्यक्ष राधेस पन्तको बाँसवारी स्थित घर घेरेर फर्कने क्रममा उनिहरुलाई गिरफ्तार गरिएको हो ।
उनीहरुसगैँ माओवादी नेताहरु गणेश फुर्के, ललित विष्ट, ताज भट्ट, देव पौडेल, फुर्बा लामा सहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको  छ ।
नेकपा माओवादीका केन्द्रिय सदस्य गुणराज लोहनीले पन्तको घर घेरेर फर्किसकेपछि उनीहरुलाई प्रहरीले धरपकट गर्दै गिरफ्तार गरेको बताए । बाँसवारीस्थित पन्तको घर घेर्न सय बढी माओवादी कार्यकर्ता नाराजुलुस सहित पुगेका थिए ।
अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •