काठमाडौं १२ पुस (ओएनएस) : मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी र चन्द नेतृत्वको माओवादीका कार्यक्रमलाई समिश्रण गरेर नयाँ कार्यक्रम तय गर्ने भएको छ । काठमाडौमा जारी राष्ट्रिय भेलामा अध्यक्षले वैद्यले पेश गरेका बुदागत प्रस्तावमा छलफल हुनेछ । वैद्यले ९ वटा कार्यसूची सहितको प्रतिवेदन पेश गरेका छन् ।
प्रवक्ता पम्फा भुसालका अनुसार आज अध्यक्षको प्रतिवेदनमा समूहगत छलफल हुनेछ । वैद्यको प्रतिवेदनमाथि छलफलका लागि १८ वटा समूह बनाइएको छ । पाँचदिने भेलामा ७५ जिल्ला तथा भारत, युरोप र मध्यपूर्वका देशबाट आएका गरी ८ सय ४५ प्रतिनिधि सहभागी छन् ।
१८ समुहमा विभाजित समुहमा छलफल भएपछि आज दिउँसोदेखि समूहका निष्कर्षहरु समूह नेताले प्रस्तुत गर्ने उनले बताइन । भेलामा सबै जिल्लाका प्रतिनिधिका साथै भारत, यूरोप तथा मध्यपूर्वका देशहरुबाट समेत गरी करिब ९ सय प्रतिनिधि र केन्द्रीय सदस्य तथा सल्लाहकारसमेतको सहभागिता रहेको माओवादीले जनाएको छ । ३ दिने भेला भोलि सकिनेछ ।