नेकपा–माओवादी पनि आन्तरिक रणनीतिमा

275
  •  
  •  
  •  

काठमाडौं १८ माघ (ओएनएस): एमाओवादी मोर्चाबाट सहकार्य तोडेको नेकपा–माओवादी पनि आन्दोलनको रणनीति तय गर्दैछ । केन्द्रिय समिति र पोलिटब्युरो बैठक एकै दिन बोलाइएको छ । बिहान ११ बजे पोलिटब्यूरो बैठक बस्ने भएको छ भने दिउँसो केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

बैठकमा पार्टीबाट चन्द समूह फुटेर गएपछिको आन्तरिक संरचना र जिम्मेवारी बाँडफाँड तथा मुख्य रुपमा पार्टीले गर्ने संघर्ष र त्यसको रणनीतिका बारेमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

चन्द पक्ष विभाजन भएपछि १ सय ५१ सदस्यीय केन्द्रीय समितिमा झण्डै एकतिहाइ पद खाली रहेकाले त्यो पदपूर्तिको तयारी पनि माओवादीले गर्न लागेको जनाएको छ । पोलिटब्युरो बैठक पार्टी कार्यालय बुद्धनगरमा बस्ने भएको छ भने पोलिटब्युरो सकिएपछि कुपन्डोलस्थित नेवा राज्य समितिको कार्यालयमा १ बजे केन्द्रीय समितिको बैठक बस्ने पनि प्रवक्ता भुसालले बताइन  ।


  •  
  •  
  •