वैद्यले भने, ‘पहिला लिखित प्रतिबद्धता चाहिन्छ’

75
  •  
  •  
  •  

काठमाडौं, ३१ (ओएनएस) : सर्वदलीय राजनीतिक सम्मेलनको नीतिगत मार्गचित्रबारे लिखित सहमति कायम नभएसम्म सो सम्मेलनमा नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चा सहभागी नहुने भएको छ ।

माओवादी अध्यक्ष मोहन वैद्यले मंगलवार एक गर्दै भनेका छन,‘दलहरुबीच वार्ता र संवाद जारी राख्दै सम्मेलनको कार्यसूची, सहमतिले निर्णय गर्न सक्ने क्षेत्राधिकार र सम्मलेनबाट सम्बोधन गर्न नसकिने विषयमा सहमति कायम गर्ने वैकल्पिक उपायबारे लिखित सहमति नहुँदासम्म सर्वदलीय सम्मलेनको औचित्य छैन ।’

शाब्दिक रुपमा सर्वदलीय सम्मेलन गर्ने भनिए पनि त्यसको कार्यसूची, क्षेत्राधिकारलगायतका विषयमा सत्तारुढ दलहरु सहमत हुन नसकेकाले सम्मेलनमा आफूहरु सहभागी हुन नसक्ने अध्यक्ष वैद्यले विज्ञप्तीमा जनाएका छन् ।

‘सर्वदलीय सम्मेलनलाई संविधानको विषयमा मात्र सीमित राख्ने, त्यसमा पनि दलहरुबाट राय सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सम्मेलनबाट कुनै पनि राजनीतिक निर्णयहरु लिन नसक्ने, सम्मलेनको पूर्वतयारी, कार्यसूची र कार्यक्षेत्र र चार दलको बीचमा कुनै पनि लिखित सहमति पनि गर्न नसकिने सत्तारुढ दलहरुद्वारा भनिएपछि उक्त सम्मलेनको कुनै अर्थ र औचित्य देखिएन, विज्ञाप्तीमा भनिएको छ ।


  •  
  •  
  •