काठमाडौं २१ साउन (ओएनएस) : एकीकृत नेकपा माओवादीमा गरिएको पछिल्लो निणर्यले पार्टीमा झन संकट निम्त्याएको छ । बुराम भट्टराई पक्षले दुई केन्द्रीय सदस्यलाई निलम्बन फिर्ता नभए केन्द्रीय समितिमा नजाने निणर्य गरेको छ । बुधवार सानेपामा बसेको भट्टराईपक्षको बैठकले केन्द्रीय सदस्यद्वय गंगानारायण श्रेष्ठ र रामरिझन यादवमाथि भएको कारबाही अवैधानिक र एकलौटी भएको ठहर गरेको छ।
बैठकले कारबाही निर्णय फिर्ता नलिइए आगामी १० गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए । उनले स्थायी समितिको बैठक बसेर नै निर्णय फिर्ता हुनुपर्ने बताए । भट्टराई पक्षले अध्यक्ष पुष्पकमल दाहाल संविधानबाट भाग्न खोजेको आशंका पनि गरेको छ । बिहीबार फेरि छलफल हुनेछ ।