नेकपा–माओवादीमा वैचारीक द्वन्द्व बढ्यो

116
  •  
  •  
  •  

काठमाडौं १९ असार (ओएनएस) : नेकपा–माओवादीभित्र वैचारीक विवाद बढेको छ । अध्यक्ष मोहन वैद र सचिव नेत्रविक्रम चन्दले दुईवटा विचार सहितका प्रतिवेदन पार्टीमा छलफलका लागि प्रवेश गराएपछि वैचारीक विवाद बढेको हो अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै सचिव चन्दले पनि फरक राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

आज स्ने केन्द्रीय समिति बैठकमा दुईवटा प्रतिवेदन माथि छलफल हुँदैछ । पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले दुईवटा प्रतिवेदनमाथि छलफल गरेर एउटा प्रतिवेदन बनाउने बताए ।

राष्ट्रिय सम्मेलन अगाडी दुईवटा प्रतिवेदनलाई एक बनाउने गरि छलफल हुने उनले बताए । उनका अनुसार आजको बैठकमा राष्ट्रिय सम्मेलदनको तयारीमा छलफल हुनेछ ।
वैद्यले पेस गरेको प्रतिवेदनमा ‘जनयुद्धको जगमा जनविद्रोह” भन्ने मूल कार्यदिशा संशोधन गरेर चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह” भन्ने राजनीतिक कार्यदिशा बनाउन प्रतिवेदनमार्फत जोड गरेका छन् । दुइटै पं्रतिवेदनमा पार्टी एकताका विषय उल्लेख भएपनि प्रक्रियामा भिन्न मत रहेको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।


  •  
  •  
  •