जनयुद्ध दिवस एक कार्यक्रम फरक फरक

123
  •  
  •  
  •  

काठामाडौं १ फागुन (ओएनएस)  माओवादीले आज बिसौं जनयुद्ध दिवस मनाउँदै छ । माओवादीले फरक फरक रुपमा मनाउन लागेका हुन । दिवसको अवसरमा सबै माओवादीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । मुलुकमा जनयुद्ध अन्त्य भएको ९ वर्षबितिसकेपनि जसका कारण दशौं हजारले ज्यान गुमाएका थिए भने कयौं घाइते र वेपत्ता भए । यसो कति घरबार विहिनसमेत भए ।आज २० औं जनयुद्ध दिवसको अवसर पारेर विभिन्न् कार्यक्रम गरिदैछ । एकीकृत नेकपा माओवादी, नेकपा माअमेवादी, नेकपा(माओवादी( लगायतका दलले छुट्टा छुट्टै कार्यक्रम गर्दैछन् ।
तत्कालिन नेकपा माओवादीले आफ्नो ४० बुँदे माग माघ २१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएपनि त्यसको सम्बोधन नभएपछि २०५२ फागुन १ अर्थात आजकै दिन जनयुद्धको सुरुवात गरेको थियो ।त्यतिबेला माओवादीले जनताको अधिकारको लागि भन्दै जनयुद्ध सुरु गरेको थियो । विभिन्न सम्झौता गर्दै यहाँसम्म आइपुग्दा माओवादी विचलित भएको भन्ने समेत विश्लेषण हुँदै आएको छ ।

तर पनि उसले आफूहरुले सच्चिएर अझ जनताको पक्षमा शसक्त ढंगले काम गर्ने समेत दाबी गर्दै आएको छ । यसो त युद्धकालिन समयमा एक भएका नेताहरु अहिले फुटेर ५ ओटा भइसकेका छन् ।
दिवसको अवसरमा एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संविधान सभामार्फत संस्थागत गर्दै अगाडि बढ्न तयार रहेको बताएका छन् ।
दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न सत्तारुढ दल नकारात्मक तवरले लागेकाले त्यसको प्रतिवाद गरेर अगाडि बढ्न आफ्नो पार्टी तयार रहेको उल्लेख गरे ।
जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायतका विभिन्न आन्दोलनले नेपाली समाजमा ल्याएको राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै गणतन्त्र, सङ्घीयता, समानुपातिक–समावेशी सहभागिता, धर्म निरपेक्षता, सङ्घीयतामा आधारित राज्यको अग्रगामी पुनःसरचनालाई नयाँ संविधानमा संस्थागत गर्ने ऐतिहासिक प्रक्रियासम्म आइपुगेको अध्यक्ष दाहालले सन्देशमा उल्लेख गरेका छन् ।
यस्तै नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले पनि एक शुभकामना सन्देश दिँदै जनताको अधिकार प्राप्तिको सङ्घर्षमा एकतावद्ध भएर जुट्न आग्रह गरेका छन् ।
उनले े आफूहरूले सञ्चालन गरेको जनयुद्धका कारण नेपाली जनताले केही अधिकार पाए पनि त्यो अधिकार अझै संस्थागत हुन नसकेकाले आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
यस्तै नेकपा माओवादी, नेकपा९माओवादी०, क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि एक शुभकामना सन्देश दिदै जनताको अधिकार संस्थागत गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएको छ ।


  •  
  •  
  •