‘सुशिल कोइरालाको नेतृत्वमा संविधान जारी हुन नदिने षड्यन्त्र’

83
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस) : एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले काग्रेस र एमाले पहिलो संविधानसभाको उपलब्धी र विगतमा भएका सम्झौता विपरित अघि बढे माघ ८ गते कुनै पनि हालतमा संविधान आउन नसक्ने चेतावनी दिएका छन् । उनले अहिले शासकीय स्वरुप र राज्यको पुर्नसंरचना प्रक्रिया वा सहमतिबाट टुङग्याउने भन्नेमा मात्र विवाद रहेको बताए ।

सोमवार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा रायमाझीले प्रदेशको नाम र सिमांकनमा विवाद रहेको स्पष्ट पार्दै रायमाझीले १० प्रदेश आफूहरुको बटमलाईन भएको बताए ।  उनले प्रत्यक्ष निर्वाचित कार्यकारिणी, समानुपातिक निर्वाचन प्रणाली कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्दै आफूहरु प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आउने देखेर एमाले संसदीय ब्यवस्थामा गएको गुनासो समेत गरेका छन् । उनले राजनीतिक संबाद समितिमा अहिले भईरहेको छलफलको प्रक्रियाबाट सहमति नहुने समेत स्पष्ट पारे ।
एमाओवार्दी नेता एवं कार्यदलका सदस्य खिमलाल देबकोटाले बाह्र बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र विभिन्न समयमा भएका सहमति र सम्झौता विपरित गए मुलुकमा संविधान बन्न नसक्ने ठोकुवा गर्दै विगतमा भएका सहमतिकै आधारमा संविधान बनाउनुपर्ने धारणा राखेका छन् ।
उनले काग्रेसको प्रस्ताव विगतका सहमति विपरित भएको भन्दै काग्रेसको प्रस्ताव विकल्प नभएर बटमलाईन भए माघ ८ मा संविधान नबन्ने ठोकुवा गरे ।


  •  
  •  
  •