एमाओवादी उपनेतामा टोपबहादुर रायमाझी

65
  •  
  •  
  •  

काठमाडौं, २३ असोज (ओएनएस) :  एमाओवादी संसदीय दलको उपनेतामा टोपवहादुर रायमाझी चयन भएका छन् । बिहीवार बसेको एमाओवादी संसदीय दलको बैठकले रायमाझीलाई उपनेतामा चयन गरेको हो ।

यसैगरी बैठकले संसदीय बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा अग्नी सापकोटालाई चयन गरिएको छ । बैठकले दलको सचेतकमा भने रेशा शमालाई नियुक्ती गरेको छ । बैठकले डोटी, धादिङ सिन्धुली,लगायत देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा मृत्यु हुने नागरिकहरु प्रर्ति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।


  •  
  •  
  •