समस्याको समाधान प्रचण्ड संयोजक : गजुरेल

306
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (आसोज) :एकिकृत माओवादीका कोषाध्यक्ष हरिवोल गजुरेलले माघ ८ गते संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी रहेको प्रष्ट पार्दै राज्य पूर्नसंरचना काँग्रेस एमाले लचिलो भए शासकी स्वरुपमा एकिकृत माओवादीले सम्झौता गर्ने बताएका छन् ।

शनिवार रिपोर्टस क्लबले गरेको कार्यक्रममा बोल्दै गजुरेलले आज प्रधानमन्त्री सुशिल कोइराला र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डकोवीचमा यसवारेमा विशेष कुरा भएको बताउँदै २१ गतेभित्र संविधानका विवादित विषयमा सहमती खोज्नको लागि पार्टी हदैसम्म लचिलो हुने पनि बताएका हुन् ।

उनले भने–आजको कुराकानी सकारात्मक भएको छ, भोली हुने तीन दलको बैठकमा सहमतीको लागि नयाँ खाका पेश हुनेछ ।, उनले एमाओवादी १० देखि १४ प्रदेशकोवीचमा सहमती होस् भन्ने पक्षमा रहेको बताए ।

उनले आफ्नो पार्टी संविधान निर्माणको लागि हदैसम्म पनि लचिलो हुने बताउँदै सहमतीबाटै संविधान जारी गर्नुपर्ने बताएका छन् । गजुरेलले सहमतीको लागि काँग्रेस एमाले बढि जिम्मेवारी बन्नुपर्ने समेत बताएका छन् ।

त्यस्तै गजुरेलले आफूहरुले माघ ८ गतेनै संविधान जारी गर्न मद्यत पुग्ने उद्येश्यले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउुनर्पे माँग गरेको स्पष्ट पार्दै प्रचण्डलाई संयोजक बनाइए अवरुद्ध संसद समेत सुचारु हुने विश्वास व्यक्त गरेका छन् ।


  •  
  •  
  •