नेपाली कांग्रेस कैलालीमा मनु पुनः सभापतिमा विजयी

138
  •  
  •  
  •  

naranarayan shah manuधनगढी, ७ फागुन(ओएनएस) : पुरै प्यानलसहित नेपाली काँग्रेस कैलालीको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ विजयी भएका छन् ।

नेपाली काँग्रेस कैलालीको १३ औं जिल्ला अधिवेशनअन्तर्गत बिहीबार भएको निर्वाचनमा निवर्तमान सभापति मुन ४ सय १६ मत ल्याएर पुनः सभापतिमा विजयी भएका हुन् । मनुले निकटतम प्रतिस्पर्धी भीम बडुवाललाई १ सय ६० मतअन्तरले पराजित गरे । कुल ६ सय ८६मत खसेकोमा बडुवालले २ सय ५६ मत पाएका छन् । दुबै देउवा पक्षका नेता हुन् । १४ मत बदर भएको थियो ।

सचिवमा मनु प्यानलका पूर्ण कुँवर र कोषाध्यक्षमा शेवकराम चौधरी विजयी भएका छन् । कुँवरले संस्थापन पक्षका गणेश देउवा प्यानलका तेजशंकर भट्टलाई १ सय १३ मतले पराजित गरे । सचिवका उम्मेदवार केशव मिश्रले २४ मत पाएका छन् । मिश्रले कुँवरलाई समर्थन गरेका थिए ।

कोषाध्यक्षमा विजयी सेवकरामले गणेश प्यानलका तेजराम चौधरी र स्वतन्त्र उम्मेदवार लोकराज पाण्डेलाई हराए ।

कुँवरले ३ सय ५७ मत प्राप्त गरेका छन्, भने तेजशकरले २ सय ४४ पाए ।सेवकराम, तेजराम र लोकराजले क्रमशः२ सय ८५, १ सय ९६, र १ सय २७मतपाएका छन् । पाण्डे देउवापक्षका नेताहुन् ।

बिहीबार नै भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षका सभापतिका उम्मेदवार गणेश देउवा बाहिरिएपछि मनु र बडुवालबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।

नेपाली काँग्रेस कैलालीको यसअघि माघ २५ गते भएको जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया मतपेटीका तोडफोड भएपछि मतदान प्रक्रिया सारिएको थियो । २५ गते राति नै काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि बिहीबार मतदान भएको हो ।
माघ २५ गतेको निर्वाचनमा मनु पक्षबाट सचिवमा केशव मिश्र र कोषाध्यक्षमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका थिए ।

भने सचिवमा पूर्ण कुँवर र कोषाध्यक्षमा सेवकराम चौधरीको उम्मेद्वारी परेको थियो । देउवा पक्षको आन्तरिक विवाद सुल्झिएछि सचिवका उम्मेदवार मिश्र र कोषाध्यक्षमा उम्मेदवार देउवाले कुँवर र चौधरीलाई समर्थन गरेका थिए । बिहीबार सभापतिका उम्मेदवार मनले कुँवर र चौधरीलाई आफ्नो प्यालनमा राखेका थिए । यद्यपी नियमानुसार मिश्र र देउवाको उम्मेदवारी मतदान प्रक्रियामा रहेको थियो ।


  •  
  •  
  •