मुख्यसचिवमा वैरागी, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

146
  •  
  •  
  •  

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

फाइल तस्बिर

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

यस्तैबीच बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ। आजै राजीनामा दिएका रेग्मीलाई भने बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।


  •  
  •  
  •