मन्त्रिपरिषद हेरफेर र विस्तार, कसलाई कुन मन्त्रालय ?

420
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बाहिरिएका छन् ।

यस्तै टोपबहादुर रायमाझीलाई उर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै गणेश ठगुन्र्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रममन्त्री, र दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन् । यस्तै जुली कुमारी महतोलाई महिला वालवालिका मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।


  •  
  •  
  •