सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न दिइने, अन्तर्राष्ट्रिय उडान अझै एक महिना नखुल्ने

100
  •  
  •  
  •  

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले उक्त निर्णय गरेको हो । यसअघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

फाइल तस्बिर

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। तर भाडा भने दोब्बर लिदैँ आएका थिए। दशैँलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।
बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ। यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।


  •  
  •  
  •