हेर्नुहोस् यस्ता छन् मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णय

101
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोरोनाको जोखिम कम भएर नभई दैनिक जीवन सहज बनाउन लकडाउन खोलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले यो बेला सबैले सतर्कता अपनाउन जरुरी रहेको बताए।

यस्तै सरकारले मापदण्ड विपरित पिसिआर परीक्षणका लागि कसैलाई पनि बाध्य नपार्न आग्रह गरेको छ। घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएकाले त्यसो नगर्न उनले अग्रह गरे।
यस्तै सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ।

हेर्नुहोस् यस्ता छन् असोज ८ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय

 


  •  
  •  
  •