प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

267
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाएका हुन् । तीन दिन अघिमात्र मन्त्रिपरिषदको बैठक बसेको थियो।

फाइल तस्बिर

प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका छन्। स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा मागेका छन्। आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ।

आज बिहानमात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले ओली पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका थिए। यसअघि बुधवार दिनभर गुट भेलामा जुटेका थिए।


  •  
  •  
  •