मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन खुकुलो पार्ने प्रस्तावमा छलफल हुने

184
  •  
  •  
  •  

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो दुई बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाइएको हो ।

फाइल तस्बिर

मंगलबार साँझ नै मन्त्रिपरिषद बैठक बोलाइएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार गरेको लकडाउन खुकुलो बनाउने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा पेश हुने बताइएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउनसमितिलाई निर्देशन दिएका थिए । चैत ११ गतेदेखि जारी लकडाउन जेठ ३२ गते सकिदैछ । असार एक गतेदेखि लकडाउन चरणबद्ध रुपमा खुकुलो बनाउने सरकारको तयारी छ ।


  •  
  •  
  •