ऊर्जामन्त्री पुन सर्वियाकाे बेलग्रेट प्रस्थान

439
  •  
  •  
  •  

काठमाडौं, ८ कार्तिक (ओएनएस) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सर्वियाकाे बेलग्रेट प्रस्थान गरेका छन्। सर्वियाली सरकारको निम्तोमा मन्त्री पुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीवार बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापासमेत भ्रमण दलमा सहभागी छन्।

सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ। उक्त सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावना बारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ।


  •  
  •  
  •