प्रदेश ५ : मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, तीन मन्त्री थपिदैँ, आजै सपथ

278
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : प्रदेश ५ मा आज मन्त्रिपरिषद् विस्तार हुदैँछ। मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। सोमबार मन्त्रिमण्डल विस्तार हुने र सोमबारै पद तथा गोपनियतको सपथ ग्रहण कार्यक्रम रहेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले बताए।

विस्तार हुने मन्त्रिमण्डलमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना नेता सहभागी हुनेछन्। मन्त्रीका लागि एमालेले रुपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र माओवादी केन्द्रले गुल्मीका सुदर्शन बरालको नाम सिफारिश गरेको छ।

प्रवक्ता चौधरीका अनुसार गिरीले सामाजिक विकास मन्त्रालय, पौडेलले कृषि मन्त्रालय र बरालले पर्यटन तथा उद्योग मन्त्रालयको जिम्मेवारी पाउने छन्।


  •  
  •  
  •