मन्त्रिमण्डल पुनर्गठनबारे ओली र दाहालबीच छलफल

279
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री ओलीसँग त्यस विषयमा कुराकानी भएको नेकपा अध्यक्ष दाहालले जानकारी गराएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘यस विषयमा आज बिहान प्रधानमन्त्रीसंग कुरा भएको छ । सल्लाह गरेर केही हेरफेर गरौँला भन्नु भएको छ, तर मैले तपाईले मूल्यांकन गरेर निर्णय लिनुस् भनेको छु ।’

उनले सरकार र सिके राउतबीच भएको सम्झौतालाई सकारात्मक भन्दै त्यसबारे शंका गर्न नहुने बताए । सरकारले गरेको सम्झौताले संविधानको सर्वस्वीकार्यता वढाउन मद्धत पुगेको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि यो कदम सकारात्मक भएको दावी गरे ।

सम्झौताका विषयमा पार्टीभित्र उठेका विवाद पार्टीभित्रै व्यवस्थापन गर्ने उल्लेख गरे ।


  •  
  •  
  •