हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जलीका लागि यसरी सजाइयो(फोटो फिचर)

52
  •  
  •  
  •  

काठमाडौं, १६ फागुन(ओएनएस) :ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका सातै जनालाई श्रद्धाञ्जलीका लागि टुँडिखेलमा शव राखिने स्थान फुलले सजाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार टुँडिखेल लैजाने कार्यक्रम छ ।

उनीहरू सबैको शव पोस्टमार्टमका लागि अहिले टिचिङ अस्पतालमा राखिएको छ ।  मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको मात्र शव सनाखत भएकाले श्रद्धाञ्जली बिहीबार हुने भनेपनि भोलीका लागि सारिएको छ ।
शुक्रबार ८ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि शव राखिने छ ।


  •  
  •  
  •