यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

105
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) :  सरकारले दुई वटा रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय (करसहित) बजेट स्वीकृति दिएको छ ।

रेल विभागलाई डेमु (डिजल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न स्वीकृति दिइएको हो ।  चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय सरकारी कम्पनी कोन्कान रेलवेज कर्पोरेसन लिमिटेडमार्फत सरकारले जिटुजी प्रक्रियामार्फत दुई डेमु रेल खरिद गर्ने जानकारी गराए ।

यस्तै सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । तत्कालीन अध्यक्ष निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि उक्त पदमा भट्टराईलाई नियुक्त गरेको हो ।

हेर्नुहोस मन्त्रिपरिषद् बैठकका २१ निर्णय


  •  
  •  
  •