तेश्रो पटक मन्त्रिपरिषद् विस्तार हुदाँ पुग्याे २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय(सूचीसहित)

291
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मधेशवादी दललाई सरकारमा सहभागी गराउने उद्देश्यले लागी परेका प्रम ओली तेश्रो पटक मन्त्रीपरिषद् विस्तार हुँदा पनि सरकारमा सहभागी गराउन सकेका छेनन्।

शुक्रबार भएकाे मन्त्रीपरिषद् विस्तारमा सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ८ जना गरी १५ जनालार्इ मन्त्री तथा राज्यन्त्रीमा प्रधानमन्त्री ओलीले नियुक्त गरेका छन्।

शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् भने ४ राज्य मन्त्रीहरुलाई प्रम ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै ओलीले थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। लगत्तै विस्तार गरिएको मन्त्रिपरिषद्‌मा एमालेबाट ईश्वर पोखरेललाई रक्षा मन्त्रालय र युवराज खतिवडालाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको थियो। माओवादीबाट रामबहादुर थापा बादल गृह र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पाएका थिए।

२२ सदस्यीय मन्त्रिपरिषद्का कसको कुन मन्त्रालय?


  •  
  •  
  •