यस्ता छन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय(निर्णयसहित)

98
  •  
  •  
  •  

काठमाडौं । सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ ।
भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

यस्तै सरकारले काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजनाको प्रस्तावित खण्ड रेखाकंन परिवर्तन गर्न स्वीकृत दिएको छ ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका सदस्यमा महानगरपालिकाका मेयरहरु, प्रधानसेनापति, पूर्वराजदूतहरु र वैदेशिक रोजगार संघका अध्यक्ष थप गर्ने निर्णय गरेको छ ।

स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधिहरुलाई तालिम र क्षमता अभिवृद्धिका लागि नर्वे, युरोपियन युनियन र अमेरिकाका अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट ११ अर्ब अनुदान स्वीकार्ने निर्णय पनि गरेको छ । यस्तै बर्दियाका मुक्त कमैया बस्तीका रुख हटाउन सम्बन्धित निकायलाई स्वीकृति दिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय


  •  
  •  
  •