मुख्यमन्त्री पोखरेल र चिनियाँ विज्ञ टोलीबीच भेट

146
  •  
  •  
  •  

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल र चिनियाँ विआरआई विज्ञ टोलीबीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदाबारे छलफल भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र सम्भावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराएका थिए ।

उनले विआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताए । मुख्यमन्त्री पोखरेलले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउँदा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने बताए ।

कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने पोखरेलले बताए ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको ८ सदस्यीय टोलीले विआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मुख्मयन्त्रीसँग जानकारी लिएको थियो ।

प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल भएको र समय दिएकोमा धन्यवाद दिएका थिए । विआरआई परियोजना मार्फत चीनले आफूसँगै छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्नेमा छलफल केन्द्रित भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।


  •  
  •  
  •