यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

465
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख(ओएनएस) : सरकारले सबै स्थानीय तहमा सब नेशनल ट्रेजरी रेगुलेटरी एपलिकेशन (सयूटीआरए) सफ्टवेयर लागु गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठक सो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन बैठकले विभिन्न नौ निर्णयहरु गरेको जनाइएको छ ।

यस्ता छन् नौ निर्णय

१. पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) को आधारपत्र स्वीकृत गरिएको छ ।

२. सबै स्थानीय तहमा सब नेशनल ट्रेजरी रेगुलेटरी एपलिकेशन (सयूटीआरए) सफ्टवेयर लागु गर्ने निर्णय गरिएको छ ।

३. साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागिउपलब्धहुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

४. हातहतियार खरखजानानियमावली, २०२८ को अनुसूचि ११(क) मा संशोधनगर्ने निर्णय गरिएको छ ।

५. निम्नप्रयोजनकालागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ (
क) दरबाङ्ग (म्याग्दी जलविद्युत आयोजना (२५ मेगावाट)
ख) फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति
ग) महाकाली सिँचाइ आयोजनाको नहर निर्माण

६. प्रयोगशालामाकार्यरत कर्मचारीलाई प्रयोगशालाजोखिमभत्तादिने निर्णय गरिएको छ ।

७. सुशासन (व्यवस्थापनतथा सञ्चालन) ऐन, २०६४ बमोजिम सम्माननीयप्रधानमन्त्रीज्यूले प्रस्तुतगर्नुभएको वार्षिक प्रतिवेदन ‘आर्थिक वर्ष २०७४/७५’ संघीय संसद्समक्ष पेश गर्ने निर्णय गरिएको छ ।
८. सैनिक प्राविधिक सेवानियमावली, २०७५ स्वीकृत गरिएको छ ।

९. सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्दशिका, २०७५ स्वीकृत गरिएको छ ।


  •  
  •  
  •