मन्त्रिपरिषदको बैठक बस्दै

626
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : मन्त्रिपरिषदको बैठक आज बस्दैछ । सोमबार बेलुका ६ बजेका लागि बैठक बोलाइएको छ ।

आइतबार साँझ आएको वर्षासँगै हावाहुरीले बारा र पर्सा लगायतका जिल्लामा भएको धनजनको क्षति गरेपछि मृतकलाई राहत र प्रभावितको उद्वार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो हावाहुरी प्रभावित जिल्लामा पुगेका छन् ।
ओली काठमाडौं फर्किएपछि साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ ।


  •  
  •  
  •