सूचनाको ऐनलाई प्रधानमन्त्री कार्यालयसहित पन्ध्र मन्त्रालयले टेरेनन्

यी मन्त्रालयकाे वेभसाइटमा राखिएकाे छैन सुचना अधिकारीकाे अफिसियल माेबाइल नम्बर
1347
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): सूचनाको ऐनलाई प्रधानमन्त्री कार्यालयसहित केन्द्रकै १५ वटा मन्त्रालयले टेरेका छैनन्। सूचना हकको एेन अनुसार कुनै पनि सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधकाको बारेमा सेवाग्राहीलाई सजिलै जानकारी दिनको लागि सुचना अधिकारीको नाम र अफिसियल माेबाइल सम्पर्क नम्बर सबैले देखिने गरी राख्नु पर्ने हुन्छ तर केन्द्रकै १८ मन्त्रालय मध्ये १५ मन्त्रालय यसको कर्यान्वयन गरेका छैनन्। यी १५ मन्त्रालयकाे वेभसाइटमा नै सुचना अधिकारीकाे अफिसियल माेबाइल नम्बर राखिएकाे छैन्।

आजको आधुनिक समयमा प्रविधीको तिब्र विकास भएपनि यी मन्त्रालयले त्यसको कार्यन्वयन नगरेको पाइएको छ। केन्द्रबाट टाँढा बस्नेहरुलाई यी केन्द्रिय मन्त्रालयको काम कारवाहीबारे कुनै सामान्य जानकारी लिनु पर्यो भने पनि मन्त्रालयल नै धाउनु पर्ने हुन्छ। जबकी सूचना ऐनमा सबैले देखिने गरी सूचना अधिकारीको नाम र अफिसियल माेबाइल सम्पर्क नम्बर राख्नु पर्ने प्रावधान छ तर वेभसाइटमा नै राख्नु पर्ने प्रावधान नभएकोले ती मन्त्रालयले नराखेको बुझिएको छ।

आजको यो आधुनिक समय पनि कसैलाई सामान्य जानकारी लिनु पर्यो भने सोही ठाउँमा नै जानु पर्ने बाध्यता भयो भने ती निकायले सुचना ऐनको ब्याख्यालाई नबुझेको सुचनाहकका अभियन्ता सन्दिप कुमार बैश्यले बतए।

राष्ट्रिय सूचना आयोगकी प्रवक्ता यशोदादेवी तिमिल्सीनाले सूचना ऐन २०६४ को दफा ५(३) अनुसार कुनै पनि सार्वजानि निकायले सूचना अधिकारीको नाम र अफिसियल माेबाइल सम्पर्क नम्बर सबैले देखिने गरी राख्नु पर्ने कानुनी प्रवाधान छ तर वेभसाईटमै सूचना अधिकारीको नाम र अफिसियल माेबाइल सम्पर्क नम्बर राख्नु पर्ने प्रावधान नभएको बताइन्।

उनले भनिन्,‘कानुनमा सूचना अधिकारीको नाम र अफिसियल माेबाइल सम्पर्क नम्बर कुन स्थानमा राख्ने भनेर ब्याख्या नगरेको हुनाले सूचना हक तथा कानुनको मर्मलाई बुझेर सबै जनताले पायक पर्ने तवरले सूचना अधिकारीको नाम र अफिसियल माेबाइल सम्पर्क नम्बर राख्नु पर्ने हो’

सूचना अधिकारीले सेवाग्राहीलार्इ सजिलै सूचना उपलब्ध गराउने उद्देश्यले उनीहरु सञ्चार खर्चबापत मासिक ५ सय रुपैया समेत पाउने गरेकाे राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी बेदनिधी अधिकारीले बताए।

यी हुन सूचना अधिकारीकाे अफिसियल माेबाइल सम्पर्क नम्बर नराख्ने मन्त्रालयहरु

१‍) प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बिनाेदबहादुर कुँवरले सूचानअधिकारीलार्इ कार्यालयले अफिसियल माेबर्इल नम्बर उपलब्ध नगराइएकाेले वेभसार्इटमा नराखिएकाे बताए।

 

२) रक्षा मन्त्रालय

रक्षा मन्त्रालयकाे वेभसाइटमा नत प्रवक्ता कै नम्बार छ नत सूचना अधिकारीकाे नाम र कूनै सम्कर्क नम्बर छ। मन्त्रालयकाे नम्बरमा सम्पर्क गरेर सूचना अधिकारी गीता गुरुङसँग कुरा गर्दा उनले मन्त्रालयलयले अफिसियल नम्बर उलब्ध नगराएकाे हुनाले वेभसाइटमा नराखिएकाे बताइन।

३) गृह मन्त्रालय

गृह मन्त्रालयकाे वेभसाइटमा पनि नत प्रवक्ता कै नम्बार छ नत सूचना अधिकारीकाे कूनै सम्कर्क नम्बर छ। मन्त्रालयकाे नम्बरमा सम्पर्क गरेर सूचना अधिकारी अर्जुन भण्डारीसँग कुरा गर्दा उनले मन्त्रालयलयले अफिसियल नम्बर उलब्ध नगराएकाे हुनाले वेभसाइटमा नराखिएकाे बताए।

४) उर्जा तथा जलस्राेत सिचार्इ मन्त्रालय

  ५) शिक्षा मन्त्रालय

  ६) भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालय

 

७) श्रम राेजगार तथा समाजिक सुरक्षा मन्त्रालय

८) वन तथा वातावरण मन्त्रालय

९) महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

१०) अर्थ मन्त्रालय

११) संस्कृति, पर्यटन तथा नगरिक उड्यन मन्त्रालय

१२) कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालय

१३) खानेपानी मन्त्रालय     

१४)शहरी विकास मन्त्रालय

 

१५) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

 


  •  
  •  
  •