सुरुभयो मनसुन

138
  •  
  •  
  •  

काठमाडौं ६ असार (ओएनएस) : यसबर्षको मनसुन नेपालमा १० दिन ढिलागरि सुरु भएको छ । सामान्यता एउटा भाग हुँदै देशभरी फैलिने मनसुन यसपटक भने पूर्व हुदै पश्चिम तर्फ फैलिने भएको छ ।  जुन १० मा सुरु हुने मनसुन यसपटक १० दिन ढिलो गरि सुरु भएको हो ।

शुक्रबार रातीबाट देशभर मौसम बदली भएको र बिहानदेखि मनसुन शुरु भएको मौसमविद वरुण पौडेल जानकारी दिए । उनका अनुसार राती झापा र विराटनगर क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको हो । सुरुवातमा मनसुन कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पर्ने हिसाबले शुरुमा केही कमजोर देखिएपनि बर्ष बिस्तारै बढ्दै जाने पौडेलले ओएनएस न्यूजलाई जानकारी दिए । सामान्तया पूर्वबाट प्रवेश गरेको दुई दिनमा मौसम पश्चिममा पुग्ने गर्छ । मनसुन बंगालको खाडीबाट भारतको केरला हुँदै नेपाल आइपुगेको हो । मनसुन सुरु भएकै दिन गुल्मी र प्यूठानमा ठूलो धनजनको क्षति भइसकेको छ । मनसुनले किसानहरुलाई ठूलो राहत दिएप्नि बाढी पहिरोको प्रकोप पनि सुरु भएको छ । युबर्ष लगातार ३ दिन पानी पर्ने २ दिन घाम लाग्ने र फेरि पानी पर्ने गरि मनसुन देखिनेछ ।


  •  
  •  
  •