सरकारद्वारा सिफारिस भएका तीनजना राष्ट्रियसभा सदस्यमा मनोनित

85
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): प्रधानमन्त्री केपी शर्मा अाेली नेतृत्वकोे सरकारले सिफारिस गरेका तीन जना राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गरेकी हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ) लाई मंगलबार मनोनयन गरेकी हुन ।
मंगलबार बिहान बसेको मन्त्री परिषदको बैठकले उनीहरुलार्इ राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरेकाे थियाे ।

  •  
  •  
  •