राष्ट्रियसभामा मनोनित अर्थमन्त्री खतिवडासहित बिडारी र पौडेलले आज शपथ लिने

272
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेर मनोनित भएका अर्थमन्त्री खतिवडासहित तीन जना आज शपथ लिदैँछन्।

अर्थमन्त्री डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई दिउँसो २ बजे शपथग्रहण गराउने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

तीनै जनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उनीहरुको शपथग्रहणको बाटो खुलेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । शपथग्रहणसँगै उनीहरु पनि राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छन्।


  •  
  •  
  •