राष्ट्रियसभामा मनोनित अर्थमन्त्रीसहित तीन जनालाई शपथ ग्रहणको बाटो खुल्यो

268
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : राष्ट्रियसभामा मनोनित तीन जना सांसादको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनयन गरेका अर्थमन्त्री डा. युवराज खतिवडासहित अन्तरिम आदेश खारेज भएसँगै तीन जनाकाे शपथ ग्रहणको बाटो खुलेको छ ।

यसअघि उनीहरुलाई तत्काल सपथ नगराउनु भनी फागुन १३ मा जारी भएको अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनुनपर्ने आदेश गरेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेकालाई फिर्ता बोलाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले खतिवडा, बिडारी र पौडेललाई राष्ट्रियसभामा सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले उनीहरुलाई मनोनयन गरेकी थिइन् ।

त्यसविरुद्ध देउवा नेतृत्वको सरकारको सिफारिसमा परेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशी सर्वोच्च जानु भएको थियो । यसअघि यो मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै गएको १३ गते प्रकाशमान सिंह राउतको एकल इजलासले शपथ रोक्नका लागि अन्तरकालिन आदेश जारी गरेको थियो ।

यस्तै आदेशमा यो मुद्दालाई संवैधानिक इजलाशमा पठाउन पनि भनिएको छ ।

देउवा सरकारले सिफारिस गरेका नाम राष्ट्रपतिले स्वीकृत नगर्दै नयाँ मन्त्रीपरिषद्ले फिर्ता गरेकाले यसलाई असंवैधानिक कदम भन्न नमिल्ने आदेशमा उल्लेख छ । सर्वोच्चको आदेशकै कारण फागुन २० गते शपथ लिन नपाएका तीन जनालाई शपथ लिन र राष्ट्रपतिको चुनावमा मतदान गर्न पनि बाटो खुलेको छ ।


  •  
  •  
  •