मनोज पाण्डेलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश

58
  •  
  •  
  •  

काठमाडौं । सौन्दर्य प्रतियोगताको आडमा यौन शोषण र बलात्कार गरेको आरोपमा मनोज पाण्डे जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले सोमबार बलात्कार आरोपी मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । बाल यौन दुर्व्यवहारको कसुरमा भने एक लाख धरौटी माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध दुई वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । .पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुव्र्यवहारको कसुरमा तीन वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।
शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।
सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि छ । पीडितले घटना सार्वजनिक गरेपछि पाण्डे जेठ ७ गते पक्राउ परेका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here