विजनेस युनिभर्सल बैंकको सीईओमा केसी

101
  •  
  •  
  •  

Manahor-kc३ साउन, काठमाडौं : विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा मनोहर केसीलाई नियुक्त गरेको छ । चार वर्षका लागि नियुक्त गरिएका केसीले शुक्रबार पदभार सम्हालेका छन् ।

१५ वर्ष अघि नबिल बैंकबाट बैंकिङ करियर शुरु गरेका केसी व्यवसाय विस्तार,  आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन लगायतका विषयमा दक्ष मानिन्छन् ।

बैंकका १२ वटा शाखा कार्यालय छन् । ९३ करोड ४६ लाख चुक्ता पुँजी रहेको बैंकको ६ अर्व ३४ करोड निक्षेप र पाँच अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।


  •  
  •  
  •