नेपाल र सिख सम्बन्ध

91
  •  
  •  
  •  

नेपालमा सिख यातायात ब्यबसायीहरुको युगको आरम्भ सन् १९५० को दशकमा सुरु भएको थियो । भारतको जम्मु कश्मीरबाट आफना भरिएका ट्रकहरु र यातायातका साधन लिएर त्रिभुवन राजपथहुँदै कैयौ कठिनमार्ग र नदी पार गरेर उनीहरु काठमाण्डौ आइपुगेका थिए ।

मन्जीब सिंह पुरी

त्यसो त सिखहरुले नेपालमा पहिलो बस सेवा समेत शुरु गरेका थिए । बससेवाको शुरुवात मात्र होइन उनीहरुले नेपालमा पहिलो आधुनिक स्कुलहरुको पनि शुरुवात गरेका थिए ।

नेपालमा हेर्दा सानो तर जीवन्त उर्जाशील सिख समुदाय रहेको छ । जुन यातायात क्षेत्रमा जिम्मेवार यातायात व्यवसायीका रुपमा पहिचान बनाएको छ । त्यो कुुरा थाहा पाउनका लागि नेपालको सिख समुदायले यातायातको क्षेत्रमा दिएको योगदानबाट स्पष्ट बुझन सकिन्छ । नेपालको आधुनिक विश्वसंग सम्बन्ध जोडन पनि सिख समुदायको धेरै महत्वपूर्ण भूमिका रहेको छ । त्यसो त धेरै मानिसहरुलाई थाहा नभएको गुरु नानक देवको तेस्रो उदासीका लागि नेपाल भ्रमण गरेदेखि उदासी मठ एवं सिख परम्परालाई नेपालले अनुसरण गरेको छ त्यसमा पनि सिख धार्मिक गुरुहरुको ठूलो भूमिका रहेको छ नेपालमा ।

गुरु नानक देवको स्मृतिमा नेपालमा गुरु नानक मठ बनाइएका छन । त्यसो त जहाँ पिपलको रुख मुनी बसेर गुरु साहिवाले साधना गर्नु भएको थियो त्यही नै गुरु नानकको मठ बनाइएको छ ।

गुरुनानकको स्मृतिमा काठमाण्डौमा गुरु नानक मठ त्यहा बनाइएको छ जहा पिपलको रुख मुनी बसेर गुरु नानक देवले ध्यान साधना गर्नु भएको थियो । उदासिन परम्पराको निरन्तरता सहित काठमाण्डौ समेत अन्यत्र पनि मठहरु बनाइएका छन । सिख समुदायको उदासिन मठ परम्पराको अनुसरण काठमाण्डौ समेत नेपालका अन्यत्र भागमा पनि भएका छन । काठमाडांैका केही मन्दिरहरु उदासि परम्परासँग जोडिएका छन्, यसको अध्यक्षता महन्तहरुले गर्दछन् । मन्दिरहरु उपेक्षित छन् किनकी यसको राम्रो हेरविचार हुन सकेको छैन । त्यसकारण लेखक डेसमण्डडिगले यसलाई ‘सिखहरुले भुलेका मन्दिर’ भनेका थिए । नेपालमा गुरु नानक देव र सिख परम्पराको बारेमा हस्तलिखित किताबहरु समेत पाइन्छन । पशुपतिनाथमा रहेको एक युगल पनि पशुपतिनाथ मन्दिर प्रागणमा गुरु ग्रन्थ साहिबाको बारेमा हातले लेखेका प्रतिहरु सुरक्षित राख्नमा जिम्मेवार छन ।

नेपालसंग सिखहरुको सम्बन्ध महाराजा रण्जीत सिहको समयदेखि रहेको छ । जव सिख र गोर्खालीहरु अदालतका लागि कागडाको बारेमा अनिर्णयको लडाइ लडे र गोर्खाहरुले आफनो वीरता देखाए । त्यसपछि बीर गोर्खालीहरुलाई लाहोर कोर्टले सेनामा भर्ति हुने अधिकार दियो र उनीहरुले त्यो बेलादेखि त्यो अधिकार प्राप्त गरे । त्यही लाहोरको आदेशको नामका कारण आज पनि भारतीय सेनामा काम गर्ने नेपालीहरुलाई लाहुरेको रुपमा उल्लेख गरिन्छ ।
त्यसपछि जब महारानी जिन्द कौर ब्रिटिश शासकहरुबाट बचेर निस्किदै नेपाल आइन र उनी धेरै बर्ष नेपालमा बसिन, उनीसंगै धेरै ठूलो सिख समुदाय नेपाल आएका थिए । जब उनले नेपाल छाडिन तब उनीसंग आएका मध्ये धेरैले नेपालमा नै बस्ने निर्णय गरे । उनीहरु उत्तरप्रदेशको सीमा जोडिएको नेपालगञ्जमा आफनो पहिचान कपाल नकाट्ने परम्परासहित बसे । उनीहरु आफनो पोशाक सिख पहिचान सहित बस्ने निर्णय गरेर एकान्तका लागि गाउँमा गुरुद्वारा निर्माण गरेर बसे ।

आजको आधुनिक युगमा सिखहरुले नेपालमा धेरै महत्वपूर्ण भूमिका खेलिरहेका छन । उनीहरुले नेपालमा केबल यातायात ब्यबसायीको रुपमा मात्र होइन इन्जिनियर, डाक्टर, प्रहरी अधिकारी, शिक्षक, शिक्षाबिद, पाइलट र फेशन डिजाइनरको रुपमा आफनो योगदान नेपाललाई दिइरहेका छन । नेपालको काठमाडौंमा पहिलो पिउने पानी पाइपलाई विछ्याउने शुरुवात गर्ने पनि सिख समुदायका मनोहर सिंह पहिलो ब्यक्ति रहेका थिए । त्यो मात्र होइन नेपालमा पहिलो रेष्टुरेण्ट जहाँ पञ्जाबी भोजन बनाइने गरिन्थ्यो त्यसको स्थापना पनि सिखहरुको पहलमा भएको थियो ।

नेपालमा सिख यातायात ब्यबसायीहरुको युगको आरम्भ सन १९५० को दशकमा सुरु भएको थियो । भारतको जम्मु कश्मीरबाट आफना भरिएका ट्रकहरु र यातायातका साधन लिएर त्रिभुवन राजपथहुँदै कैयौ कठिनमार्ग र नदी पार गरेर उनीहरु काठमाण्डौ आइपुगेका थिए । त्यसो त सिखहरुले नेपालमा पहिलो बस सेवा समेत शुरु गरेका थिए । बससेवाको शुरुवात मात्र होइन उनीहरुले नेपालमा पहिलो आधुनिक स्कुलहरुको पनि शुरुवात गरेका थिए ।

सन १९८० को दशकमा नेपालमा केही हजारको संख्यामा रहेको सिख समुदायले काठमाण्डौको निकटमै रहेको कुपण्डोल नजिकै एउटा बिशाल गुरुद्वाराको निर्माण गरे । त्यस्तै साना गुरुद्वाराहरु बीरगञ्ज, नेपालगञ्ज र कृष्णनगर समेतमा बनाए । सरदार गुरबक्स सिहले सिख धर्म अपनाउँदै नेपालमा सिखहरुको पहिचानका लागि राम्रो प्रशंसनीय योगदान दिए ।

भारतको नेपालसंगको कुटनीतिक सम्बन्धमा पनि सिखहरुको एैतिहासिक सम्बन्ध जोडिएको छ । सरदार सुरजित सिंह मजिठिया नेपालमा भारतको राजदूताबास स्थापना गरिएको सन् १९४७ पछि पहिलो नेपालकालागि भारतीय राजदूत बनेर नेपाल आएका थिए । उनको आगमन र प्रस्थानका लागि जहाज अवतरण र उडान देखिएको थियो त्यो आगमन र प्रस्थान उडान नै नेपालको त्रिभुवन बिमानस्थल मा देखिएको पहिलो हवाईजहाज उडान थियो । जुन अहिले विस्तारित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा चर्चित छ ।

हामीले गुरु नानक देवको ५५० जन्म जयन्ती मनाउदै छौं । यसले यसले नेपालसँगको सिख समुदायको सम्बन्धलाई अझ बलियो बनाउने छ । त्यसो त नेपालले पनि यस अवसरमा सिख समुदायको सम्बन्धलाई बलियो बनाउदै तीन प्रकारका मुद्राहरु गुरु नानक देवको जन्मजयन्ति सन्दर्भमा प्रचलनमा ल्याउदैछ । जसमा दुई चाँदीको नेपाली रुपैयाँ रहेका छन तिनीहरुको मूल्य २५०० र १००० रहेको छ भने कपरनिकेलको मुद्रा रु १०० बराबर रहेको छ जसलाई गुरु नानक देवको जन्म जयन्तीको अबसरमा सुरुवात गरिने छ । नेपाल त्यस्तो देश हो जहाँ सिख समुदायको एउटा राम्रो उपस्थिति र परम्परा रहेको छ ।
मन्जीब सिंह पुरी नेपालकालागि भारतीय राजदूत हुनुहुन्छ ।
(साभार: अ‌ग्रेजी दैनिक हिन्दुस्तान टाइम्स २०१९ जुलाई २० बाट)


  •  
  •  
  •