सन्यासी बनिन् मनिषा कोइराला

207
  •  
  •  
  •  

काठमाडौ/फागुन(एजेन्सी) : भारतीय चलचित्रमा इली-इलूको नामले चिनिन सफल भएकी नेपाली नायीका मनिषा कोइराला हालै एक नयाँ अवतारमा देखिएकी छिन् । उनी हरिद्धारमा पायलट बाबाको आश्रममा एक सन्यासीको भेषमा देखिएकी छिन् ।

पायलट बाबाले हरिद्धारमा विश्व कल्याण र विश्व शान्तिका लागि ११ दिनको महामृत्युन्जय यज्ञ गरिरहेका छन् ।  यस यज्ञमा मनीषा आफ्नो परिवारसँग सहभागी भइन् । र्यालीमा समेत सहभागी भइन्, उक्त क्रममा उनी एक सन्यासीको भेषमा देखिएकी थिइन् ।

कुनै बेला चेन स्मोकरका रूपमा चिनिएकी मनिषा कोइरालालाई हरिद्धार, गंगा किनार र सन्तहरुको बोलीमा यति मुग्ध भएकी छीन् की उनी बारम्बार ती स्थानमा जाने गर्छिन् ।

मनिषा कोइरालाले सन्यास लिन निकै गाह्रो छ र जब समय आउँछ तब आफूले सन्यास लिने बताएकी छिन् । अहिले आध्यात्मिक क्षेत्रलाई सम्झने प्रयास गरिरहेकी छिन् । उनले चलचित्रलाई आफ्नो जीवनको बाटो भएको बताउँदै सँधै चलचित्रमा काम गर्न चाहेको बताएकी छिन् ।


  •  
  •  
  •