काठमाडौं । अभिनेत्री मनीषा कोइरालाको आत्मसंस्मरण पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषाः क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ ।

अंग्रेजी संस्करण निकै रुचाइएपछि नेपाली अनुवाद प्रकाशन गरिएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् ।
‘हिल्ड’ लाई भने मनीषा र नीलम कुमारले लेखेका थिए । क्यान्सरबाट निको हुन मनीषाले गरेको संघर्ष र जीवनप्रति उनको दृष्टिकोणलाई पुस्तकमा समावेश गरिएको छ ।